पाकिस्तानी अर्थशास्त्रीले इमरान खान सरकारले रोजगारीको तथ्याङ्कलाई बढाइचढाइ गरेको दाबी



इस्लामाबाद :

पाकिस्तानका पूर्व अर्थमन्त्री र अर्थशास्त्री हाफिज ए पाशाले इमरान खानको नेतृत्वमा रहेको पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) सरकारले रोजगारी सिर्जना र मुद्रास्फीतिको बारेमा गलत र बढाइचढाइपूर्ण तथ्याङ्क प्रस्तुत गरेको बताएका छन्।

पाशाले भने कि नयाँ रोजगारी संख्या बढाइचढाइ गरिएको थियो र मुद्रास्फीति दर घटेको दाबी गलत थियो, जियो न्यूजले रिपोर्ट गरेको छ। ५५ लाख प्रतिवद्धताको तुलनामा २५ लाख मात्रै नयाँ रोजगारी सृजना भएको र मुद्रास्फीति दर वास्तविक १५ प्रतिशतको तुलनामा ७.१२ प्रतिशतमा राखिएको उनले बताए ।

उनले थप भने कि पीटीआई सरकारमा बेरोजगारी दर ९ प्रतिशतमा पुगेको थियो र पीटीआईको औद्योगिक वृद्धिमा १५ प्रतिशतले वृद्धि भएको दाबीलाई पनि खण्डन गर्दै यो वास्तवमा १-२ प्रतिशत थियो भनी पाशाले बताएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्