दुई महिनादेखि पोर्चुगलमा बेपत्ता भएका नुवाकोटका ३० वर्षीय सुजनको शव समुद्रमा भेटियो



पोर्चुगल- करिब दुई महिना अघिदेखि पोर्चुगलमा बेपत्ता भएका नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–१२, का ३० वर्षीय सुजन सिलवालको शव समुद्रमा भेटे ।

उनको शव बेपत्ता भएको भोलिपल्टै अर्थात् गत अप्रिल १६ मै प्रहरीले समुद्रमा भेटेकोे भए पनि शवको पहिचान भने बिहीबार मात्रै खुलेपछि प्रहरीले खबर गरेको गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले राससलाई जानकारी दिनुभयो ।

यो पनि पूर्वमन्त्री मिथिलाको निधन:पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिनुभएको छ ।

मिथिला संविधानसभा सदस्यसमेत रहनुभएको थियो । नेकपा ९संयुक्त०को सांसद रहेको बेला उहाँले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँका श्रीमान्, एक छोरा र दुई छोरी हुनुहुन्छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्