नेपालले कुवेतविरूद्ध खेलिरहदा प्रशिक्षक अलमुताइरी एक्कासी ढलेपछि…



काठमाडौं ।

एएफसी एसियन कप छनोट अन्तर्गत कुवेतविरुद्धकाे खेलमा मैदानमै बेहोस भएर ढ’लेका नेपाली टाेलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी डिस्चार्ज भएका छन् ।

प्रशिक्षक अल्मुताइरीलाई थप उपचारका लागि उनलाई फारवानिया अस्पताल लगिएको थियो । डिस्चार्ज भएपछि उनले फेसबुकमा लेखेका छन्, ‘चिन्ता नगर्नुहोस्, म गोर्खाली हुँ । एक टिम, जय नेपाल !’

एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणको छनोटमा समूह ‘ए’ मा रहेको नेपालले शनिबार राति आफ्नो दोस्रो खेल खेल्यो। कुवेत सिटीमा भएको खेलमा नेपाललाई घरेलु टिम कुवेतले ४-१ गोलले पराजित गर्‍यो।

पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो हाफ सुरू भएको तेस्रो मिनेटमै दोस्रो गोल खाएको थियो। त्यतिबेला नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने टचलाइनमा ढलेका थिए।

बे’होस भएका उनलाई मैदानमै अक्सिजन दिएको टेलिभिजन लाइभमा देखिएको थियो। अचेत अवस्थामा रहेका अलमुताइरीलाई तत्काल अस्पताल लगिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

खेलपछि उनले नेपालको पराजयका लागि माफी मागेका छन्।

‘आजको हारका लागि माफी चाहन्छु। हामी योजनामा अघि बढ्नेछौं र आजदेखि नियमित तालिकाअनुसार काम गर्नेछौं,’ अलमुताइरीको भनाइ छ, ‘छनोटपछि मेरो स्वास्थ्यको थप परीक्षणका लागि अस्पताल जानेछु।’

यसअघि राष्ट्रिय टिमका १० जना सिनियर खेलाडी र प्रशिक्षक अलमुताइरीबीचको विवादको विषयमा गठित कार्यदलले पनि अलमुताइरीको स्वास्थ्यमा समस्या देखिएको औल्याएको थियो।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्