क्रसफायरका ३ मोटरसाइकलको मूल्य ह्वात्तै बढ्यो, लाख बढीले वृद्धि




काठमाडौं –

क्रसफायरको नेपालका लागि आधिकारिक वितरक क्लासिक ह्विल एक्स्पोर्ट एन्ड इम्पोर्ट प्रालिले तीन मोडलका मोटरसाइकलको मूल्यमा भारी रकम वृद्धि गरेको छ । बजेटले कर बढाए पश्चात २०० सीसी भन्दा बढी क्षमताका मोटरसाइकलको मूल्य कम्पनीहरुले बढाइरहेका छन् । यसै सन्दर्भमा क्रसफायरले पनि मूल्य बढाएको हो ।

क्रसफायर आरएम २५० को मूल्य पहिले ७ लाख ४८ हजार भएकोमा अब ८ लाख ८८ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी क्रसफायर एचजे २५० को मूल्य ६ लाख ७० हजार भएकोमा अब ७ लाख ७० हजार रुपैयाँ पुगेको छ । त्यसैगरी क्रसफायर ट्रेकर २५० को मूल्य ३ लाख ७५ हजार भएकोमा अब ४ लाख १० हजार रुपैयाँ पुगेको छ ।

यी तीन मोडलका मोटरसाइकलको मूल्यमा क्रमशः १ लाख ४० हजार, १ लाख र ३५ हजार रुपैयाँ वृद्धि भएको हो ।

सरकारले हालै सार्वजनिक गरेको नयाँ बजेटमा २०० सीसी भन्दा माथिका मोटरसाइकलको भन्सार र अन्तःशुल्क वृद्धिको असर यी मोटरसाइकलमा देखिएको हो । यो सेग्मेन्टमा २०० देखि २५० सीसी सम्म २० प्रतिशतले अन्तःशुल्क र १० प्रतिशतले भन्सार वृद्धि गरिएको छ भने २५१ देखि ५०० सीसी सम्म भन्सार ४० प्रतिशत र अन्तःशुल्क १० प्रतिशतले वृद्धि भएको छ ।

२०१ देखि २५० सीसीसम्मका मोटरसाइकलमा २० प्रतिशतले अन्तःशुल्क र १० प्रतिशतले भन्सार वृद्धि भए पश्चात अब यी मोटरसाइकलमा अन्तःशुल्क ८० प्रतिशत र भन्सार ४० प्रतिशत लाग्ने भएको छ ।

त्यसैगरी २५१ देखि ५०० सीसीको हकमा भन्सार ३० प्रतिशतबाट बढाएर ७० प्रतिशत र अन्तः शुल्क ८० बाट बढाएर ९० प्रतिशत बनाइएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्