कारभित्र शा रीरिक स म्पर्क गर्दा यौ न रोग सरेकी महिलाले ५२ लाख डलर पाउने



कारमा शा रीरिक स म्पर्क गर्दा आफूलाई यौ न सङ्क्रमण सरेको आरोप लगाएकी एक महिलाले अमेरिकामा झन्डै ५२ लाख डलर क्षतिपूर्ति पाउन सक्ने देखिएको छ।

अदालती कागजपत्रमा “एमओ” उपनामले चिनाइएकी ती महिलाले आफ्ना तात्कालिक प्रेमीको कारमा शा रीरिक स म्पर्क गरेकै कारण आफूलाई ह्यूमन पापिलोमा भाइरस (एचपीभी) सरेको दाबी गरेकी छन्।

मिजुरीस्थित पुनरावेदन अदालतले पनि एमओलाई ठूलो क्षतिपूर्ति दिनुपर्ने फैसला सदर गरेको छ। उक्त क्षतिपूर्ति कारको बीमा गरेको कम्पनी गाइकोले तिर्नुपर्ने आदेश दिइएको छ। तर गाइकोले यो निर्णयको प्रतिवाद गरेको छ।

अदालतमा पेस गरिएका कागजपत्रका अनुसार एमओले आफूलाई सन् २०१८ मा एचपीभी सङ्क्रमण सरेको थाहा भएको बताएकी छन्। उनले आफ्ना पूर्वप्रेमीलाई एचपीभी रोग भए पनि उनले आफूलाई त्यसबारे जानकारी नदिएको दाबी गरेकी छन्।

रोग सरेपछि आफूलाई पहिला उपचार गर्न खर्च चाहिएको र भविष्यमा पनि चाहिने अनि रोग सरेकाले “मानसिक तथा शारीरिक पीडा र कष्ट” भएको उनको दाबी छ। उनी ज्याक्सन काउन्टीकी निवासी हुन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्