काठमाडौं ३ असार ।
नेकपा एमालेले राष्ट्रियसभाको बैठक अवरोध गरेको छ ।
आज बस्ने राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयकमाथि २०७९ विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको हुँदा एमालेले शर्माको विराधे गदैं बैठक अवरोध गरेको हो ।
शुक्रबारको दोस्रो बैठक शुरु हुने वित्तिकै एमाले सांसदहरुले बैठक अवरोध गरेपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका छन् ।
एमाले सांसद खिमलाल भट्टराईले अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने भन्दै यस विषयमा छानविनका लागि संसदीय समिति गठन गर्नुपर्ने बताएका छन् ।
सैन्य गठबन्धनमा छैनौँ भनेर अमेरिकालाई पत्र लेख्नुहोस् भन्दै पराराष्ट्रमन्त्रीसँग गर्जिए भीम रावल : नेकपा एमालेका नेता भीम रावलले नेपाल सैन्य गठबन्धनमा सहभागी हुने छैन भनेर अमेरिकालाई पत्र लेख्न सरकारलाई आग्रह गरेका छन् । संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) का बारेमा धारणा राख्दै रावलले परराष्ट्र मन्त्री नारायण खडकामार्फत सरकारलाई सो आग्रह गरेका हुन् ।
‘परराष्ट्र मन्त्रीले एसपीपी (स्टेट पार्टनरसिप प्रोगाम) एसपीपी आईपीएसको अंग होइन, यसको च्याप्टर क्लोज भईसकेको त भन्नु भयो । तर, अमेरिकन मन्त्रालयको वेबसाइटमा भने हो भनेर उल्लेख छ, अमेरिकन वेबसाइट भन्दा यहाँ कोही प्रवक्ता हुन सक्छ ? अमेरिका कार्यक्रममा अमेरिका भन्दा जान्ने हामी को ?’ रावलले प्रश्न गर्दै भने, ‘त्यसैले अमेरिकालाई पत्र पठाएर नेपाल सैन्य गठबन्धनमा सहभागी हुने छैन, यो अस्वीकार्य छ भनेर पत्र लेख्नुहोस् ।’
‘एसपीपी कार्यक्रमा ‘अमूक देश’सँग सशक्त रुपमा लड्नुपर्छ भनेर भनेको छ, यस्तो प्रस्ताव कहाँबाट आयो ? हामी स्थल सेना हौ ? अब त्यता नजाउ भनेर हुन्छ ? जानुपर्ने हुन सक्छ,’ रावलले अझ अगाडि भने, ‘त्यसैले नेपालले त्यस्तो सहायता चाहिँदैन भनेर परराष्ट मन्त्रीले खै पत्र पठाएकोे ? पठाउनुपर्छ ।’
एसपीपीका बारेमा अलग्गै संसदीय छानबिन समिति बनाएर सत्यतथ्य सार्वजनिक गर्नुपर्ने रावलले माग गरेका छन् ।