कतारमा हुने विश्वकप हेर्न जानेलाई कडा नियम ! विवाह नगरी सम्पर्क गर्न नपाईले र विवाह नगरी रात कटाउने महिला र पुरुषलाई जेल



काठमाडौं।

कतारमा यसवर्षको फिफा विश्वकप आयोजना हुँदैछ। फुटबलको महासंग्राम भएकाले कतारले यसवर्ष लाखौं पर्यटक भित्र्याउनेछ। कतारमा हुने प्रतियोगिताअन्तर्गत प्रारम्भिक चरणमा आठ समूहमा विभाजित रहेर ३२ राष्ट्र प्रतिस्पर्धा गर्नेछन्। खेलको तालिका, खेलस्थल र समय पनि सार्वजनिक भइसकेको छ।

विश्वकप फुटबल मध्यपूर्वमा र यो समयमा हुन लागेको पहिलो पटक हो। कतार विश्वकप फुटबल आयोजना गर्ने पहिलो अरब देश हुँदैछ। सन् २०२२ को विश्वकप फुटबल सञ्चालनका लागि सन् २०१० मा मतदानमा कतारले बाजी मारेको थियो। उसले अमेरिका, दक्षिण कोरिया, जापान र अस्ट्रेलियालाई पछाडि पारेर यो अवसर आफ्नो पोल्टामा पारेको थियो।

यद्यपी ती पर्यटकहरुलाई मुस्लिम राष्ट्र कतारमा यसपटक झट्का लाग्ने देखिएको छ। कतारमा विवाह नगरी सम्पर्क गर्न पाइँदैन र विवाह नगरी रात कटाउने महिला र पुरुषलाई कडा सजायको व्यवस्था छ।

त्यस्ता व्यक्तिलाई कतारमा ७ वर्षसम्मको जे ल सजाय हुन्छ। अन्य राष्ट्रमा विश्वकप हुँदा त्यहाँ यौ न व्यापार निकै फस्टाउँछ। कतार भने मुस्लिम राष्ट्र भएका कारण त्यहाँ यौ न व्यापारलाई वैधानिकता दिइएको छैन। यस क्रममा विदेशी पर्यटकले कतारमा यौ नकर्मी भेट्ने छैनन्। कानुन कडा भएकै कारण यदी प्रेमी र प्रेमीकाले एक साथ रात कटाए उनीहरुलाई सजाय हुनसक्ने पनि आशंका गरिएको छ।

होटलमा कतारले श्रीमान र श्रीमती पुष्टि हुने कागजात भएमात्र उनीहरुलाई सँगै बस्ने कोठा मिलाइ दिनसक्छन्। द सनका अनुसार श्रीमान र श्रीमती भएमात्र कतारमा सँगै रात विताउन कानुन छ त्यसकारण यसपटक विश्वकप हेर्न आउने पर्यटकले यो विषयमा ध्यान दिन जरुरी छ। अधिकारीहरुका अनुसार कतार विश्वकप देह व्यापार प्रतिबन्ध लगाइएको पहिलो विश्वकप हुनेछ।

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्