LIVE : मैले जती रोएको कसैले देखेको छैन : रवि लामिछाने



काठमाडौँ ।

रवि लामिछाने निर्धारित समयमा नै काठमाडौँको सभागृहमा पुगेका छन् । उनी पुग्दासाथ कार्यक्रम सुरु भयो । कार्यक्रम संचालकले सुरुमा नै माइक रविलाई दिइन् । माइक हातमा पाए लगत्तै रविले भने मैले जति यो देशमा अरु कसैले सर्वसाधारण रोएको देखेका छैनन् । उनले बोलीरहँदा राष्ट्रियउ सभागृहमा हुटिगं भइरहेको छ । हेर्नुहोस् यो लाइभ दृश्य

स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेद्धारको प्रमुख तहमा जित हाँसिल संगै देशको राजनितीक माहोल तातिएका बेला चर्चित संचारकर्मी रबि लामिछानेले एक कार्यक्रमका बिच नयाँ पार्टीको घोषणा गर्ने तयारी गरेका छन् । यतिबेला रवि काठमाडौँको सभागृहमा पुगिसकेको र केही समयमा नै कार्यक्रम संचालन हुने बताइएको छ । चर्चित सञ्चारकर्मी रवि लामिछानेले पनि राजनीतिमा लाग्ने भन्दै गत साता टेलिभिजनबाट राजीनामा दिए । उनले काठमाडौंबाट चुनाव लड्ने मनसाय बनाएका छन् । भोली आफ्नो राजनीतिक यात्राको सबै उदेश्य आजको कार्यक्रमबाट नै बाहिर ल्याउने बताएका छन् ।

धेरैले उनलाई पनि स्वतन्त्र लड्न सुझाव दिएका छन् । काठमाडौंबाटै उम्मेदवारी दिने तयारी गरेका अर्का चर्चित व्यक्ति हुन् रमेश खरेल । उनी काठमाडौं क्षेत्र नं १ बाट लड्ने तयारीमा रहेका छन् । आफैंले निर्माण गरेको सुशासन पार्टीमार्फत उनले उम्मेदवारी दिन लागेका हुन् । नेपाल प्रहरीमा छँदा सबैमाझ एकदमै राम्रो छवि बनाएका खरेल यसपटकको बलियो उम्मेद्धारका रुपमा देखिएका छन् ।

काठमाण्डौमा मेयर बालेन शाह र धरानमा हर्क साम्पाङको जितले आउँदो संसदीय चुनावमा स्वतन्त्र उम्मेद्धारीको लहर सुरु भएको छ । खासगरी राजधानी काठमाडौंका विभिन्न क्षेत्रबाट थुप्रै युवाले स्वतन्त्र उम्मेदवारीको घोषणा गरिरहेका छन् ।

यसरी स्वतन्त्र उम्मेद्धारलाई एकत्रित गर्न बालेन्द्र काठमाडौंको महानगरमा विजयी हुँदा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले अहिले प्रमुख भुमिका खेलिरहेका छन् । काठमाडौंको क्षेत्र नम्बर ८ का स्थायी बासिन्दा सायमीले सोही क्षेत्रबाट चुनाव लड्ने तयारी गरेका छन् । उनी यतिबेला आफूले चुनाव जित्ने ध्याउन्नमा मात्रै छैनन्, अरु स्वतन्त्र उम्मेदवारहरुलाई पनि संगठित गर्न लागिपरेका छन् ।

काठमाडौंमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका वा गर्ने तयारीमा रहेकाहरुसँग सायमी निरन्तर संबादमा रहेका छन् । उनले धरान उपमहानगरमा स्वतन्त्रबाट जितेको मेयर हर्क साम्पाङसँग पनि छलफल गरिरहेको जानकारी दिए । यसपाली बिशेष गरेर काठमाण्डौमा भने स्वतन्त्र उम्मेद्धारको चर्चा बढी देखिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्