काठमाडौं :
भारतीय अभिनेत्री स्वाति सतीशले दातको शल्यक्रिया गराएकी थिइन्, तर यो उपचार उनको लागि गलत साबित भयो उनको पुरै अनुहार बिग्रियो । अहिले तिनै अभिनेत्रीका तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्, जसमा उनलाई चिन्नै गाह्रो भइरहेको छ ।
इन्टरनेटमा भाइरल भैरहेको स्वीटीको तस्विरमा उनको अनुहार एकातिरबाट पुरै सुन्निएको छ । उनको आँखा, ओठ, गाला र अनुहारको तल्लो भाग पुरै बिग्रिएको देखिन्छ । अभिनेत्रीका अनुसार उनले रुट नहरको शल्यक्रिया गरेपछि उनको अनुहार यस्तो भएको हो ।
स्वातिले आफ्नो यस्तो अवस्थाको जिम्मेवारी चिकित्सकलाई ठहर्याएकी छन् । साथै, गलत रुपमा उपचार गरेको आरोप पनि लगाएकी छन् ।
विवरण अनुसार बैंग्लोरमा रहने यी अभिनेत्रीले हालै रुट क्यानल सर्जरी गराएकी थिइन् । यसपछि उनको अनुहार सुन्निन थाल्यो भने पीडा पनि हुन थाल्यो ।
तीन सातापछि पनि उनको अनुहार उस्तै रह्यो ।