काठमाडौँमा फेरी बज्यो खतराको घण्टी, थप २ जनामा हैजा पुष्टि भए लगत्तै हैजा छिटो फैलन सक्ने भन्दै दिइयो चेतावनी



काठमाण्डौ :

काठमाण्डौमा थप दुई जनामा हैजा पुष्टि भएको छ ।

सरुवा रोग अस्पताल टेकुमा उपचाररत थप दुई जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यसअघि काठमाण्डौ बागबजारमा बस्ने दुई जना दिदी–बहिनीमा पनि हैजा पुष्टि भएको थियो ।

टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले काठमाण्डौमा हैजा छिटो फैलिने भएकाले जोखिम बढेको बताएका छन् ।

संक्रमण भएको एक घण्टादेखि पाँच दिनसम्म लक्षण देखिन्छ । तारन्तार चौलानी जस्तो सेतो पानी जस्तो देखिने दिसा लाग्ने, शरीर कमजोर हुने मांशपेशी बाउँडिने, वान्ता हुने र थकाइ महसुस हुने हैजाका लक्षण हुन् ।

प्राथमिक उपचारका क्रममा घरमै जीवनजल र झोलिलो नुनिलो खाने कुरा खान सकिने पछि अस्पताल गइ हाल्नु पर्ने चिकित्सक बताउछन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्