दलाई लामा वार्षिक “मणि धोन्द्रुप” प्रार्थनामा भाग लिन सुग्लागखाङ मन्दिर पुगे



हिमाचल प्रदेश भारत :

तिब्बती आध्यात्मिक नेता दलाई लामाले धर्मशालामा वार्षिक “मणि धोन्द्रप’ प्रार्थनामा भाग लिन मुख्य बौद्ध मन्दिर सुग्लागखाङको भ्रमण गर्नुभएको छ।

नामग्याल गुम्बाका भिक्षुहरूको नेतृत्वमा भएको प्रार्थना समारोहमा महिला र बालबालिकासहित सयौंको सहभागिता रहेको थियो ।

१४औं दलाई लामाले पूजा समापनका क्रममा जनतालाई वितरण गरिने लाखौं पवित्र ‘मणि चक्की’को आशीर्वाद दिन शनिबार यहाँ भ्रमण गर्नुभएको थियो ।

दीर्घायु अर्पण समारोहमा वर्तमान शाक्य सिंहासनधारी शाक्य त्रिजिन, ज्ञान वज्र रिन्पोछे र यसअघिका सिंहासनधारी रत्न वज्र रिन्पोछे पनि उपस्थित थिए। (एएनआई)

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्