परम्परागत उपचारको गन्तव्यका रुपमा भारत : नयाँ भिसा श्रेणीको सुरुवात



नयाँ दिल्ली :

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०१४ मा पदमा प्रवेश गरेदेखि नै परम्परागत भारतीय उपचार र योगका लागि विश्वस्तरिय पैरवी गरिरहेका छन् । उनको सरकारले अब वैकल्पिक उपचार खोज्ने अन्तर्राष्ट्रिय बिरामीहरूको लागि भारतलाई प्रमुख गन्तव्य बनाउने लक्ष्य राखेको छ ।

भारतले योग र परम्परागत आयुर्वेद चिकित्सा जस्ता वैकल्पिक उपचारहरू प्रवर्द्धन गर्न एउटा मन्त्रालय स्थापना गरेको छ, किनकि प्रधानमन्त्री नरेन्द्र मोदीले चेतना जगाउने र घरेलु स्वास्थ्य उपचारको अपील गर्ने अभियानमा लागेका छन्।

मोदीले बारम्बार भारतको स्वास्थ्य उपचार र अभ्यासहरूको व्यापक प्रयोगको लागि आह्वान गरेका छन्, परम्परागत शिक्षालाई बढावा दिनको लागि मोदीको नेतृत्वमा धेरै कदमहरु गरिएको छ । सेप्टेम्बरमा संयुक्त राष्ट्र संघमा आफ्नो पहिलो सम्बोधनमा, उनले धेरै मानिसहरूलाई योग गर्न प्रोत्साहित गरे र अन्तर्राष्ट्रिय योग दिवसको लागि आह्वान गरेका हुन् ।

भारतले विश्व स्वास्थ्य संगठन को समन्वयमा नयाँ भिसा श्रेणी सम्म तय गरिसकेको छ । परम्परागत उपचार, बैकल्पिक चिकित्सा पद्धति र प्रकृति उन्मुख उपचारमा अध्यात्म सहितको पद्धतिहरुमा भारत प्रवेश गर्ने पर्यटकहरुको सख्याँ बढ्दो छ । भारतले तिनै पर्यटकहरुलाई आर्कषण गर्न नयाँ भिसा श्रेणीको सुरुवात गरेको हो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्