उडान रोकिएकोप्रति बुद्ध एयरले यसरी गर्यो आत्मालोचना, भन्यो अबदेखि हाम्रा सेवाहरु रोकिने छैनन्



काठमाडौं ८ असार ।

बुद्ध एयरले उडान अवरुद्ध भएको प्रति आत्मालोचना गरेको छ ।आज बुधबार एक विज्ञप्ती जारी गर्दै आन्तरिक समस्या समाधान गर्नका लागि सेवालाई बन्द गर्नु यथोचित निर्णय नभएको भन्दै विज्ञप्ती मार्फत आत्मालोचना गरेको हो ।

विज्ञप्तीमा बुद्ध एयरले भनेको छ, ‘हाम्रो आन्तरिक समस्या समाधान गर्नका लागि सेवालाई बन्द गर्नु यथोचित निर्णय होइन‘यसको आत्मालोचना गर्दै आगामी दिनमा हाम्रो कारणले उडान सेवा अवरुद्ध नहुने प्रण गर्दछौं ।’तथापी, सहमति पछि सबै उडा नहरु सञ्चालनमा आएका छन् ।

वुद्ध एयरले सञ्चालक संघले आन्तरिक तर्फका नियमित उडानहरू बन्द गर्ने घोषणा गरेको थियो ।

राजनीतिमा आएकै दिन विबादमा तानिए रवि, को को लागेका छन् यसरी हात धोएर रविको पछाडी ? : निर्वाचन आयोगमा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि दिएको निवेदन खारेजीको माग गर्दै उजुरी परेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिएको जानकारी अनुसार स्वतन्त्र उम्मेदवारी अभियानको एक समुहले निर्वाचन आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि दिएको निवेदन खारेजीको माग गर्दै उजुरी दिएको हो ।

अभियानका संयोजक डम्बर शाहुले पार्टीको नाममा स्वतन्त्र शब्द प्रयोग गर्न नहुने भन्दै भन्द उजुरी दिएका हुन् ।

उक्त उजुरीमा भनिएको छ, ‘कुनै पनि व्यक्तिले राजनीतिक दलमा आबद्ध हुन चाहँदैन र स्वतन्त्र रुपमा चुनाव उम्मेदवारी दिन र निर्वाचित हुन पाउनेगरी संविधानले दिएको अधिकारी छिनेर स्वतन्त्रको नाममा पार्टी गठन गर्नु भनेको स्वतन्त्र उम्मेदवारीमा भ्रम र अन्यौल उत्पन्न भएको छ ।’

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्