काठमाडौँको फोहोर व्यबस्थापनमा कटिबद्ध भएर लागे बालेन, भने कुहिने र नकुहिने फोहोर घरमै नछुट्याए अब ५ सय जरिवाना हुन्छ



काठमाडौं, असार ९ :

काठमाडौं महानगरपालिकाको मेयरमा बाजी मारेर बालेन शाह आए लगत्तै महानगरमा धेरै कुरा फेरिएका छन् ।

बालेनले आफ्नो कार्यपालिका बैठकमा लाइभ नै गरेर सबैकुरा प्रत्यक्ष जनतालाई देखाएपछि काँग्रेस र एमालेले पनि बालेनलाई साथ दिइरहेका छन् ।

यसैबिच फोहोर व्यबस्थापनमा कटिबद्ध भएर लागेका बोलनले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने र एकै ठाउँमा हालेमा कारवाही गर्ने चेतावनी दिएका छन् ।

कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले कुहिने र नकुहिने फोहोरका लागि बेग्लाबेग्लै दिन फोहोर संकलन गर्न गाडी पठाइने महानगरले जनाएको छ ।

घरमा नै फोहोर कुहिने र नकुहिने नछुट्याए त्यस्ता फोहोर नउठाउन र ५ सय जरिवाना लिन समेत बालेनले उर्दी जारी गरेका छन् ।

कुहिने र नकुहिने फोहोर एकै ठाउँमा राखेमा प्रत्येक पटक पाँच सयका दरले जरिवाना हुने पनि महानगरको वातावरण तथा कृषि विभागले जानकारी दिएसँगै अब भने व्यबस्थित तरिकाले फोहोर उठ्ेने संभावना बढेर गएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्