तिब्र गतिमा हुँइकिदै आएको ट्रकलाई बिच बाटो मै झ्याप्प रोक्यो प्रहरीले,हतार हतार ट्रक भित्र पसेर चेकजाँच गर्दा छक्क पर्यो प्रहरी



सप्तरी, ८ असार:

सशस्त्र प्रहरीले ठूलो परिमाणमा अबैध लागुऔषध गाँजा बरामद गरेको छ ।

बल सुरक्षा वेश क्याम्प भारदहका ईन्चार्ज सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङ नेतृत्वको गस्ती टोलीले मंगलबार राती सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ स्थित कोशी ब्यारेजबाट मिनी ट्रकमा लोड गरिएको अवस्थामा १ सय ७५ किलो लागुऔषध गाँजा बरामद गरेको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख २९२५ नम्बरको ट्रकलाई कोशी ब्यारेज चेक प्वाइन्टमा चेकजाँच गर्न खोजेपछि चालक र सहचालक फरार भएको सशस्त्र प्रहरी निरीक्षक तामाङले बताए ।

उनले भने,झशंका लागेर ट्रकभित्र हेर्दा गाँजा देखिए पछि खोजतलास गर्दा ट्रकमा ७ वटा बोरामा प्याक गरी बाँधिएको अवस्थामा गाँजा फेला परेको छ ।

बरामद् भएको ट्रकसहितको गाँजालाई थप अनुसन्धानको लागि नेपाल प्रहरीलाई जिम्मा लगाईएको सशस्त्र प्रहरी निरीक्षक तामाङले जानकारी दिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्