रकम नभएको बैंक खाताबाट चेक काटी २ करोड ३२ लाख रूपैयाँ ढगेको आरोपमा ३५ वर्षीय उपेन्द्र भक्तपुरबाट समातिए



भक्तपुर, ८ असार :

बैकिंङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा खोटाङ हलेसी नगरपालिका–६ स्थायी ठेगाना भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३५ वर्षीय उपेन्द्र घिमिरे रहेका छन् ।

विभिन्न १० जना व्यक्तिहरुलाई आफ्नो रकम नभएको बैंक खाताबाट चेक काटी २ करोड ३२ लाख ४० हजार रूपैयाँ बराबरको बैंकिङ कसूर गरी फरार रहेका घिमिरेलाई प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो पनि; बहुविवाहको आरोपमा श्रीमान् श्रीमती कारागार चलान- सप्तरी, ८ असार-सप्तरी प्रहरीले बहुविवाह मुद्दाका फरार प्रतिवादी श्रीमान्(श्रीमती पक्राउ गरेको छ । घरमै लुकिछिपी बसेको अवस्थामा सप्तरीको सुरुङ्गा नगरपालिका(३ का ४७ वर्षीय जलेसर यादव र उनकी ४५ वर्षीया पत्नी मञ्जु देवी यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

सिराहाको वस्तिपुर(९ घर भई हाल सुरुङ्गा नगरपालिका(३ बस्ने जलेसरकी जेठी पत्नी असियादेवी यादवको जाहेरी अनुसार उनीहरूलाई अदालतले जनही १ वर्ष कैद र ५ हजार जरिवाना तोकेको थियो ।

बहुविवाह मुद्दामा सप्तरी जिल्ला अदालतबाट २०७३ जेठ २ गते सजाय र जरिवाना तोकेपछि दुवै जना फरार भएका थिए । उनीहरूलाई पक्राउ गरी कैद भुक्तानको लागि कारागार चलान गरिएको प्रहरी जनाएको छ ।

यसैगरी प्रहरीले लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी रुपनी गाउँपालिका(२ कि असिया कुमारी रामलाई पक्राउ गरेको छ । अदालतले ६ महिना कैद ठहर गरी फरार भएकी रामलाई मंगलबार पक्राउ गरी कैद भुक्तानको लागि कारागार चलान गरिएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्