आफ्नो भर्खरैको अन्तर्वार्तामा तब्बुले अजय देवगनकै कारण आफू आज सिंगल भएको खुलासा गरिन् । उक्त अन्तर्वार्तामा उनले अजय देवगनको कारण आफू अविवाहित रहेको खुलासा गरेकी हुन् । अजयले आफूसँग कुरा गर्ने केटाहरूलाई पिट्ने धम्की दिएको उनले बताइन् ।
बलिउडमा ९० दशकका हिट जोडी हुन्, तब्बू र अजय देवगन। उनीहरूले थुप्रै हिट फिल्म दिएका छन्। तब्बू र अजयले ‘विजयपथ, हकीकत, तक्षक, दृश्यम, गोलमाल अगेन र दे दे प्यार दे’मा सँगै काम गरेका छन्।
‘अजय मेरो काकाको छोरा समीर आर्यका छिमेकी र नजिकका साथी थिए। हामीहरू सँगै हुर्कियौं। म सानो हुँदा समीर र अजय मेरो जासुसी गर्थे, मलाई पछ्याउँथे र मसँग कुरा गर्ने केटालाई पिट्ने धम्की दिन्थे। त्यसैले म अजय देवगनको कारण सिगंल नै रहेँ। आशा छ कि यस कारण ऊ पछुताउने छ,’ उनले भनिन्। उनले ठट्टा गर्दै अजयलाई नै आफ्नो विवाहको लागि केटा खोज्न बताइन्।