काठमाडौं :
बलिउड अभिनेत्री शिल्पा शेट्ठीले अभिनेता सन्नी देवलसँग फिल्म खेल्न अस्विकार गरेकी छन् । सन् २००७ मा सन्नी देवलको अपोजिटमा देखिएकी शिल्पा १८ वर्षपछि बन्न लागेको अपने–२ का लागिअस्वीकार गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
एक पछि अर्को प्रोजेक्ट हात पार्दै आइरहेकी शिल्पाले व्यस्तताको कारण देखाउँदै प्रस्ताव अस्वीकार गरेको बताइएको छ ।कुनै समय फिल्मको अफर नपाएकी शिल्पाले हाल आएर सन्नी देवलको फिल्मको अफरलाई लात मारेको भन्दै सन्नीका केही फ्यानले भने उनीप्रति असन्तोष व्यक्त गरेका छन्।
कमेडी डझामा अपने २ मा शिल्पा नहुने भएपछि अर्की अभिनेत्रीको टुंगो लगाएर छिट्टै सुटिङ फ्लोरमा जाने बताइएको छ । अचेल विभिन्न टेलिभिजन शो तथा वेब सिरिजहरुमा व्यस्त रोहित शेद्मीको वेब सिरिज इन्डियन पुलिस फोर्सको सुटिङमा व्यस्त छिन्।