सुनसरी, ९ असार:
सुनसरीको दुहवी नगरपालिका–३ विद्युत कार्यालय नजिकै आज बिहान टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत घर भइ दुहवी नगरपालिका–२ स्थित घरमा काम गर्न बसेकी अन्दाजी ४० बर्षीया चन्द्रकला देवी विश्वकर्मा रहेकी छिन् ।
प्रदेश नम्बर२–०३–००१ ख २१०१ नम्बरको टिपरको ठक्करबाट विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो । आज बिहान ९ बजे भएको सवारी दुर्घटनामा संलग्न टिपर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो पनि – बस दुर्घटनामा एक जनाको मृत्यु, ११ जना घाइते:सप्तरी, ९ असार-सप्तरीमा बिहीबार भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । पूर्व(पश्चिम राजमार्गअन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका(१ स्थित कंकालिनी मन्दिर र कोशी ब्यारेजमा ना५ख १८९८ नम्बरको बस पल्टिएर दुर्घटना भएको प्रहरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । नाम र ठेगाना खुल्न नसकेका अन्दाजी ६० बर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको काफ्लेको भनाइ छ।
घाइते ११ जनामध्ये ६ जनाको भारदह अस्पतालमा र पाँच जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । दुर्घटनापछि बसका चालक फरार भएका छन् ।यात्रुबाहक बस अनियन्त्रित भइ सडकभन्दा २० फिट तल खसेको प्रहरीको भनाइ छ ।