बसन्त सापकोटा को सब्द संगीत मा रहेको ‘के छ खबर ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गंगा बिस्ट को स्वर रहेको गीतमा ह्यारी योन्जन र सुबिध्या खनाल को अभिनय रहेको छ।
उक्त गीतमा विसम आचर्य को संगति संयोजन रहेको छ । मनोज राई ले छायांकन र सम्पादन गरेको छन् भने उक्त म्युजिक भिडियो लाई दुर्गा बान्तवा राई ले निर्देशन र कोरियोग्राफी गर्नु भएको छ
बसन्त सापकोटा को सब्द संगीत मा रहेको भिडियोलाई बसन्त सापकोटा मार्फत युट्युबमा सार्वजनिक गरिएको हो ।
यो पनि : बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपुतकी प्रेमीकालाई अर्को झड्का, फेरी अप्ठ्यारोमा परिन् रिया : बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको मामलामा लागुऔषध कोणबाट अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरो ९एनसीबी०ले अभिनेत्री रिया चक्रवर्ती, उनका भाई शौविक र अन्यलाई मुख्य आरोपी बनाउँदै विशेष अदालतमा मुद्धा दर्ता गराएको छ । एनसीबीले सुशान्तका लागि लागुऔषध किन्ने मामलामा रिया र अन्यलाई आरोपी बनाएको छ ।
स्पेसल पब्लिक प्रोसिक्युटर अतुल सरपन्देले सबै आरोपीहरुको चार्जसिटमा आरोप तय गरिएको छ । उनले ड्राफट चार्जसिट दर्ता गर्दै रिया र शौविकले लागुऔषधको प्रयोग गरेको र सुशान्तका लागि यसको खरिद बिक्री गरेको दाबी गरेका छन् । उनले अदालतले सबै आरोपीमाथि आरोप तय गर्ने तयारीमा रहे पनि केही आरोपीले डिस्चार्ज एप्लिकेसन दर्ता गराएकोले त्यसो हुन नसकेको बताए ।
अदालतले डिस्चार्ज एप्लिकेसनमाथि फैसला नहुञ्जेलसम्म आरोप तय गर्न नसकिने जनाएको छ । बुधबार भएको अदालती कारवाही प्रक्रियामा रिया र शौविक उपस्थित थिए । विशेष न्यायाधीश वीजी रघुवंशीले यो मामलाको सुनुवाई १२ जुलाईमा गर्नेछन् ।
सुशान्तको मृत्युको मामलामा लागुऔषध मुद्धाअगाडि आएपछि रियालाई सन् २०२० को सेप्टेम्बरमा पक्राउ गरिएको थियो । करिब १ महिनाको जेल बसाईंपछि मुम्बई उच्च अदालतबाट जमानत पाएकी थिइन् ।
सुशान्तले सन् २०२० को जुन १४ मा आफ्नो मुम्बईको फ्ल्याटमा झुण्डिएर आत्महत्या गरेका थिए । यो विषयको अनुसन्धान उच्च अदालतको आदेशमा सीबीआईले पनि गरेको छ तर निस्कर्षमा पुग्न सकेको छैन ।