कतार जेट विमानको पेन्ट उक्किएपछि …….



काठमाडौं।

कतार एअरवेजले आफ्नो विमानको पेन्ट उक्किएपछि विमान निर्माता कम्पनी एअरबससँग १ अर्ब अमेरिकी डलर क्षतिपूर्ति मागेको छ।

आफूले बनाउन दिएको विमानमा राम्रो काम नगरेका कारण सो विमानको रङ उक्किएको भन्दै कतार एअरवेजले एअरबससँग क्षतिपूर्ति माग गरेको हो। एएफपीका अनुसार कतार एअरवेजको २३ ए३५० जेट विमानको रङ उक्किएको छ जसकारण सो विमानलाई हाल प्रयोगमा ल्याइएको छैन।

कतार एअरवेजका कार्यकारी प्रमुख अकबल अल बाकरका अनुसार एअरबसले खराब काम गरेको छ र क्षतिपूर्ति दिन आनाकानी गरिरहेको छ। आफू एअरबसको इमानदार ग्राहक भएकाले उनीहरुको दादागिरी नसहने उनले बताएका छन्।

यतिबेला बेलायतको अदालतमा एअरबसविरुद्ध मुद्दा दायर भएको छ। कतार एअरवेजले क्षतिपूर्ति माग गरिरहेको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्