राष्ट्रिय स्वतन्त्र पार्टीको नामको विषयमा चौतर्फी आलोचना भएपछि आजै पत्रकार सम्मेलन गर्दै रवि लामिछाने



काठमाडौं, १० असार :

रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी प्रवक्ता मुकुन्द ढकालका अनुसार आज दिउँसो ४ बजे रिपोटर्स क्बलमा स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन तय भएको हो ।

लामिछानेले ७ असारमा मात्र नयाँ दलको घोषणा गरेका थिए । पार्टीको नाम स्वतन्त्र राखिएकामा चौतर्फी आलोचना भइरहेको छ । यसबारे पत्रकार सम्मेलनमा थप प्रष्ट पारिने बताइएको छ ।

यो पनि -आज प्रदेश १, मधेश, बागमती र गण्डकीका धेरै स्थानमा वर्षाको सम्भावना:काठमाडौं, १० असार-बिहान प्रदेश १, बागमती, गण्डकीका थोरै स्थान तथा र बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो नै प्रदेश १ र बागमतीका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षाको आँकलन गरिएको छ ।

शनिबार प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । सोही दिन प्रदेश १ ,बाग्मती, गण्डकी र लुम्बिनीका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्