नयाँ चलचित्र ‘छोडपत्र’ निर्देशन गर्दे दीपाश्री निरौला



काठमाडौं । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले नयाँ चलचित्र निर्माण गर्ने भएकी छन् । उनले निर्देशन गर्न लागेको चलचित्र ‘छोडपत्र’ चलचित्र विकास बोर्डमा समेत दर्ता भएको छ । रोहित अधिकारीले बनाउन लागेको यो चलचित्र यसै वर्ष बन्ने जनाइएको छ । यसअघि रोहितले दीपा तथा दीपक गिरीको टिमसँग मिलेर ‘छ माया छपक्कै’ बनाएका थिए । यो चलचित्रको निर्देशन दीपेन्द्र लामाले गरेका थिए ।

‘छोडपत्र’ को अहिले लेखनको कार्य धमाधम भइरहेको जनाइएको छ । रोहितको पूर्ण लगानीमा बन्न लागेको यो चलचित्र कमेडी जनरामै निर्माण हुन लागेको हो । डिभोर्सको कथावस्तु रहेको यो चलचित्रले नेपाली समाजको सांस्कृतिक तथा सामाजिक परिवेशलाई चित्रण गर्ने निर्माण पक्षको भनाइ छ ।सौर्य दैनिकमा खबर छ । ‘छक्का पन्जा’, ‘छक्का पन्जा २’ र ‘छक्का पन्जा ३’ जस्ता तीन व्यवसायी चलचित्र बनाएकी दीपा लगायतको टिम अहिले यस चलचित्रको कलाकार तथा प्राविधिक छनोटको क्रममा रहेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्