महिलाको छुट्टै पार्टी खोल्न नपरोस् भन्दै माधव नेपालसँग गर्जिइन् झाँक्री



काठमाडौं :

शहरी विकास मन्त्री तथा नेतृ रामकुमारी झाँक्रीले महिलाको मात्रै अलग्गै पार्टी खोल्ने चेतावनी दिएकी छिन्।

नेकपा एकीकृत समाजवादी पार्टीभित्र मन्त्री फेर्ने विवादले उग्र रूप लिइरहेका बेला माधव नेपाललाई चेतावनी दिँदै उनको यस्तो बताएकी हुन् ।

नेकपा एमालेबाट विद्रोह गरेर माधव नेपाललाई नयाँ पार्टी खोल्न उक्साएकी मन्त्री झाक्रीले उनैलाई महिलाका लागि छुट्टै पार्टी बनाउने चेतावनी दिएकी हुन्।सरकारबाट फिर्ता हुने विषयमा छलफल गर्न बिहीबार कोटेश्वरस्थित माधव नेपालको निवासमा पुगेका मन्त्रीहरूले मन्त्रीहरू समावेशी आधारमा छानिनुपर्ने, गैरसांसदलाई मन्त्री बनाउन नहुने,

एकै जिल्लाका दुई मन्त्री बनाउन नहुने, राज्यमन्त्रीलाई मन्त्रीमा बढुवा गर्न नपाइने र राष्ट्रियसभाबाट बजेट पारित हुँदासम्म पर्खिने शर्त अगाडि सारेका छन्।बैठकले मन्त्रीहरू हेरफेरको निर्णय केही घण्टामा कार्यान्वयन हुनुपर्ने निर्णय गरेको छ।

समाजवादीले झाक्रीसहितलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गत जेठ १७ गते नै गरेको थियो।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्