के तपाई सुनचाँदी किन्दै हुनुहुन्छ ? यस्तो छ आजको सुनको मूल्य



काठमाडौं, १० असार:

सुनको मूल्य शुक्रबार प्रतितोलामा ३०० रुपैयाँले घटेकोे छ । बिहीबार प्रतितोला ९७ हजार ५०० रहेको सुनको मूल्य शुक्रबार प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको भाउ पनि ९६ हजार ७०० रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ ।

काठमाडौं, १० असार:सानिमा बैंकको ऋणपत्रका लागि आजदेखि आवेदन दिन सकिने-सानिमा बैंक लिमिटेडले शुक्रबारदेखि ऋणपत्र बिक्री खुलाएको छ । बैंकले अंकित मूल्य प्रतिकित्ता एक हजारका दरले ’१०।२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ निष्कासन गर्दै छ ।

बैंकले पाँच अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको हो । उक्त ऋणपत्रमध्ये तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निजी क्षेत्रका व्यक्तिगत तबरले बिक्री गरिनेछ । बाँकी रहेको दुई अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधरणका लागि बिक्री खुलाएको हो ।

१० वर्षका लागि निष्कासन गर्न लागिएको उक्त ऋणपत्रको वार्षिक ब्याजदर १०।२५ प्रतिशत रहेको छ । ऋणपत्रमा न्यूनतम २५ कित्ता र अघिकतम २० लाख कित्तासम्मका लागि आवेदन दिन सकिन्छ ।

ऋणपत्र खरिद गर्न इच्छुक लगानीकर्ताले १० देखि १४ असारसम्म आवेदन दिन सक्नेछन् । १४ असारसम्म लगानीकर्ताबाट पर्याप्त आवेदन नपरे आवेदन अवधि २४ असारसम्मका लागि लम्बिने बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैकिङ लिमिटेडले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्