काठमाडौं ।
पछिल्लो समय नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह मिडियाबाट गुमनाम छिन्। विभिन्न विवाद र गसिपपछि मिडियासँग कुरै नगर्ने बताएकी साम्राज्ञी सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानसँग साक्षात्कार गरिरहेकी छिन्।
नेपाली कथानक चलचित्र ‘ड्रिम्स ‘बाट आफ्नो फिल्मी यात्रा सुरु गरेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय चर्चा तथा विवादमा पर्ने गरेकी छिन् । चलचित्र ‘ड्रिम्स’मा मेगा स्टार अनमोल के सीसँग देखिएकी शाह करिब दुई वर्षको अन्तराल पछि मात्र चलचित्र ‘ए मेरो हजुर २’ ,आ देखिएकी थिइन् ।
पहिलो चलचित्रमा नै उनको अभिनय र सुन्दरताको निकै चर्चा भएको थियो । आफ्नै दुनियाँमा मस्त साम्राज्ञी अहिले प्रेमको उडान भरिरहेकी छन्। केही समयदेखि एक युवकसँग प्रेममा रहेकी साम्राज्ञी डेटमा रमाइरहेकी छन्।
उनी हिजोआज अधिकांश समय आफ्ना प्रेमीसँग बिताइरहेकी हुन्छिन्। उनले सामाजिक सञ्जालमा आफ्नो बोल्ड तस्बिर पोस्ट गरेकी छन्। साम्राज्ञीले पोस्ट गरेको उनको तस्बिरमा फ्यानले सकारात्मक प्रतिक्रिया दिएका छन्।