उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ चढेको हेलिकप्टर यसकारण आपतकालीन अवतरण गर्यो


banner

काठमाडौं:

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ चढेको हेलिकप्टरमाचरा ठोकिएको छ ।

हेलिकप्टरसँग चरा ठोक्किएपछिआइतबार वाराणसीमा आपतकालीन अवतरण गरिएको भारतिय मिडियाले जनाएका छन् ।

हेलिकप्टरको आपतकालीन अवतरणपछिमुख्यमन्त्री पूर्णतया सकुशल रहेको बताइएको छ । हेलिकप्टरको आपतकालीन अवतरणपछि सीएम योगीका लागि राज्यको विमान पठाइनेछ, जहाँबाट उनी लखनउ प्रस्थान गर्नेछन्। सीएम योगी शनिबारदेखि दुई दिने वाराणसी भ्रमणमा थिए।मुख्यमन्त्री र उनका कर्मचारीहरू सुरक्षित रहेको भारतिय मिडियाले जनाएका छन् ।

पेस्की लिएरसमेत ठेकेदारले अस्पताल भवन निर्माण गरेनन्:डडेल्धुराका दुई स्थानीय तह आलिताल र अजयमेरु गाउँपालिकामा ठेक्का सम्झौता भएको एक वर्ष भइसक्दासमेत अस्पताल निर्माण कार्य द्रुत ढंगले अघि बढ्न सकेकाे छैन ।

अजयमेरुको भद्रपुर र आलितालको गोदाम बजारमा संघीय सरकारको बजेटबाट १० शय्याको अस्पताल भवन निर्माणका लागि राजेन्द्र निर्माण सेवासँग सम्झौता भएको थियो। राजेन्द्र निर्माण सेवा नेपाली कांग्रेस डडेल्धुराका सभापति तथा परशुराम नगरपालिकाका पूर्वमेयर भीमबहादुर साउदको निर्माण कम्पनी हो।

अस्पतालको भवन निर्माणका लागि गाउँपालिकाले राजेन्द्र निर्माण सेवासँग दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको एक वर्ष पूरा भइसकेको भए पनि बल्ल ७ प्रतिशत काम सम्पन्न भएको अजयमेरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगाराम सापकोटाले जानकारी दिए।

निर्माण कम्पनीले सात करोड ४४ लाख पाँच हजार तीन सय सन्तानव्ये रुपैयाँ १५ पैसा भ्याट र पिएसबाहेकको लागतमा अजयमेरुसँग निर्माणकाे सम्झौता गरेकाे छ। निर्माण कम्पनीले पहिलो मोविलाइजेसन पेस्कीसमेत भुक्तानी लिइसकेको छ।

पटक-पटक निर्माण कम्पनीलाई कार्यप्रगति ढिलो गरेको भन्दै चाँडो काम सक्न पत्राचार गरिरहेका भए पनि अटेरी गरेको प्रशासकीय अधिकृत सापकोटाको भनाइ छ।

आलितालले राजेन्द्र निर्माण सेवासँग सात करोड ३९ लाख ९७ हजार ५ सय रुपैयाँमा सम्झौता गरेको छ। उक्त निर्माण कम्पनीले ३९.५ प्रतिशत घटिघटाउ रकममा ठेक्का परेको थियो। निर्माण कम्पनीका तर्फबाट जयबहादुर ऐरले पालिकासँग सम्झौता गरेका थिए।

दुई वर्षमा काम सक्ने गरी ठेक्का सम्झौता भएको थियो। गत वर्ष असार २३ गते ठेक्का सम्झौता भएको कम्पनीले एक वर्ष पुग्नै लाग्दा पनि निर्माण कम्पनीबाट ५ प्रतिशत मात्रै काम भएको आलिताल गाउँपालिकाका इन्जिनियर आकाश जोशीले जानकारी दिए।

राजेन्द्र निर्माण सेवाका इन्जिनियर रोशन भट्टले ठेक्का परेको एक वर्ष भए पनि सरकारसँग कागजी प्रक्रियामा भएको ढिलासुस्तीका कारण निर्माणको काम ढिलो भएको दाबी गरे। उनका अनुसार अहिले दुवै स्थानीय तहमा अस्पताल भवन निर्माणको काम चालू छ। तर, निर्माण कम्पनीले असार मसान्तमा भुक्तानी लिन देखावटी कार्य गरेको आरोप स्थानीयको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्