घट्यो गाडी भाडा, कुन रूटमा कति भाडादर ?



काठमाडौं :

प्रदेशस्तरीय सार्वजनिक यातायातको भाडा समायोजन भएको छ।

यातायात व्यवस्था विभागका अनुसार इन्धनको मूल्य घटाएसँगै सार्वजनिक यातायातको भाडा घटेको हो। शनिबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य घटेएलगत्तै सरकारले सार्वजनिक सवारीको भाडा घटाएको हो ।

यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत , पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटेको छ ।

सोसँगै विभागले सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो। सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भााडा समायोजन प्रणालीअनुसार स्वचालित रुपमा प्रदेशस्तरीय सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था हुँदै आएको छ।

०७८ चैत १७ मा विभागले सार्वजनिक यातायातको भाडा इन्धनको मूल्यलाई आधार मानी समायोजन गर्ने निर्णय गरेको थियो।

कहाँ कति घट्यो?

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्