चलत्रित्र ‘पुष्पा’ बाट रातारात चर्चामा आएका अल्लू अर्जुन मोटाएको तस्विर भाइरल



मुम्बई, १२ असार:

साउथ स्टार अल्लू अर्जुनको लोकप्रियता फिल्म ‘पुष्पाः द राइज’ पनि अझ बढेको छ । फिल्म ब्लकबस्टर भएसँगै कमाईको मामिलामा पनि कैयौं रेकर्ड तोडिदिएको थियो । अब फ्यानहरू यसको सिक्वेल ‘पुष्पाः द रुल’को पखाईमा छन् । जसको सुटिङ चाँडै सुरु हुँदैछ ।अल्लूले सिक्वेलका लागि आफ्नो तौल पनि बढाएका छन् । जसकारण उनी ट्रोलरको निसानामा परेका छन् ।

हालैमात्र अल्लू प्रिन्टेड निलो टी सर्ट र कालो ट्राउजरमा सार्वजनिक रूपमा देखिएका थिए । उनको बढेको कपाल र दाह्री देखेर फ्यान खुसी थिए । तर त्यही ट्रोलरले भने उनलाई निसानामा पारे । सामाजिक सञ्जालमा भाइरल भएको उनको तस्बिरमा ट्रोलरले ट्रोल बनाइरहेका छन् ।‘यो कुनै सडक छाप चोर जस्तै देखिएको छ । साउथवाला यो भिखारीका लागि किन पागल हुन्छन्’, एक प्रयोगकर्ताले लेखेका छन् । अर्काले ‘दिनदिनै बुढो हुँदैछ’ भनेर लेखेका छन् ।

यो पनि :नेप्से परिसूचक ९४ अंकले बढ्यो:साताको पहिलो दिन आइतबार सेयरबजारमा उछाल आएको छ । लगानीकर्ताहरूको १९ बुँदे माग पूरा गर्ने सम्बोधन भएसँगै आइतबार पुँजीबजारमा सुधार आएको हो ।

नेप्से परिसूचक ९४ अंकले बढेर १९५६ को विन्दुमा पुगेको छ । सूचीकृत २३० कम्पनीको ६३ लाख ६३ हजार ५९० कित्ता सेयर किनबेच हुँदा दुई अर्ब १९ करोड ६१ लाख ४१ हजार ८४८ रुपैयाँको कारोबार भएको छ ।

सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक कुमारी बैंकको शेयर खरिदबिक्री भएको छ । बैंकको एकैदिन ८ करोड ६४ लाख ३८ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, हिमालयन डिस्टिलरीको ८ करोड ३७ लाख, ङादी ग्रुप पावरको ८ करोड ३३ लाख, नबिल बैंकको ६ करोड ७६ लाख र शिवम् सिमेन्ट्सको ५ करोड ४१ लाख रुपैयाँभन्दा माथिको कारोबार भएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्