काठमाडौं, १२ असार : सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राजीनामा दिएकी छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएकी हुन् ।
नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेपछि उनले राजीनामा दिएकी हुन् । उनीसँगै आजै एकीकृत समाजवादीका अर्का मन्त्री प्रेम आलेले पनि मन्त्रीबाट राजीनामा दिएका छन् ।
स्थानीय तहको निर्वाचनको बेला आरोप खेपेरै भए पनि चर्चित पुर्वसंचारकर्मी रबि लामिछानेले काठमाण्डौका मेयर बालेन्द्र शाह अर्थात बालेनको पक्षमा खुलेर बोलेका थिए ।
काठमाडौँको मेयर लड्दा रविले मज्जैले सहयोग गरे र जिते बालेनले, के अब बालेनले सहयोग गर्लान् त रविलाई ?
हुन त यी दुबै जनाबीच प्रत्यक्ष भेटघाट र कुनै पुरानो सम्बन्ध छैन । तर पनि बालेनको पक्षमा माहोल बन्दै गएपछि रबिले बालेनको फोन अन्र्तबार्ता लिएका थिए । त्यतिमात्र हैन खुलेरै सामाजिक सञ्जालमा बालेनलाई सहयोग गर्न सबै समक्ष आव्हान समेत गरेका थिए ।
लामिछानेले आफ्नो पेशागत आचारसंहिताको सीमा नाघ्दै स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको खुला पक्षपोषण गरेका थिए । सामाजिक सञ्जालमा स्टाटस नै लेखेर उनले कांग्रेस–एमालेबाहेकका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएर बालेन्द्रलाई मेयर जिताउन आह्वान गरेका थिए । तटस्थ रहने पत्रकारीताको धर्मलाई साइड लगाउँदै उनले सहयोग गरे ।
उनको आव्हानले बालेनलाई फाइदा त पुग्यो तर अब पत्रकारीता छोडेर राजनितीक मैदानमा होमिएका रबिलाई आउँदो चुनावमा बालेनको साथ र सहयोग कस्तो रहने भन्ने सबैको जिज्ञासा रहेको छ ।
हुन त रबिको पछि थुप्रै जनता रहेका छन् । उनी बालेन भन्दा धेरै अगाडी देखी नै लोकप्रिय रहेका छन् । तर आगामी चुनावमा मेयर बालेनको साथ रबिका लागि पक्कै पनि महत्वपुर्ण हुने कुरामा सबै भरोसाबादी रहेका छन् ।
रबि यतिबेला टेलिभिजनबाट राजीनामा दिएर राजनीतिक दल खोल्दै प्रतिनिधिसभाको चुनाव लड्ने घोषणा गरिसकेका छन् । बालेन निकट स्रोतका अनुसार मेयरजस्तो सार्वजनिक ओहदामा रहेको व्यक्तिले हतारमा कुनै उम्मेदवारको पक्षमा बोलिहाल्न पनि नमिल्ने भएकोले उपयुक्त समयको पर्खाईमा रहेको बताईएको छ ।