प्रेम आले रिसाए, झाँक्री रोइन् तर शान्त तरिकाले मन्त्रालयबाट बाहिरिए मन्त्री कृष्णकुमार श्रेष्ठ



काठमाडौं १३ असार । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले मन्त्रीपदबाट बिदाई भएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै श्रेष्ठले आफूलाई सहयोग गरेजसरी नै नयाँ मन्त्रीलाई पनि सहयोग गर्न आग्रह गरेका छन् ।

‘जसरी मलाई सहयोग गर्नुभएको थियो, त्यसैगरी नयाँ आउने मन्त्रीलाई पनि सहयोग गरेर सफल पार्दिनुहोला,’ उनले भने । आफ्नो ८ महिना २१ दिनको कार्यकाल सफल भएको दावी गरेका उनले आफू पदमा रहँदा विवादरहित ढंगले काम गरेको बताएका छन् ।

मन्त्रालयबाट बिदा हुँदा कत्ती पनि नरमाइलो लागेको बताएका उनले भने , ‘माननीय अहिले पनि छु, अर्को मन्त्री हुन पनि सकिएला, फेरि पनि चुनाव जितेर आउन सकिएला’ उनले भने, ‘छुट्टीदा नरमाइलो लाग्नु स्वाभाविक हो, तर मन्त्रीको रुपमा जाँदा नरमाइलो लागेको छैन ।’

पदबाट हात धोएका दुई मन्त्रीले हिजै बिदाई कार्यक्रममा पत्रकारहरूलाई बोलाएर आ – आफ्नो तरिकाले पीडा पोखे । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले रोइन् भने मन्त्री श्रेष्ठले निर्धक्क भएर बाहिरिँदै भने मन्त्री हुँदा चढ्दै आएको गाडी भन्दा ठूलो गाडी चढेर आएको छु ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्