प्रचण्ड र माधव नेपाल सुटुक्क पसे उपेन्द्रको घरमा, देउवा कता छुटे ?



काठमाडौं १३ असार ।

सत्ता गठवन्धन दलका शिर्षनेताहरु बिच भेटवार्ता भएको छ । नेकपा ९माओवादी केन्द्र०, का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवका वीचमा भेटवार्ता भएको हो ।

शिर्ष तिन नेताहरुबिच ललितपुर हात्तिवनस्थित उपेन्द्र यादवको निवासमा भेटवार्ता सुरु भएको छ । केहि बेर अगाडी मात्र सुरु भएको भेटवार्ताको विषयमा भने गोप्य राखिएको छ । केहि दिन यता यी तिन शिर्ष नेताहरु बिच भेटघाट बाक्लिएको छ ।

नेकपा एसले आइतबार मन्त्री हेरफेरको विषय टुंगो लगाएपछि जसपा र माओवादीमा पनि मन्त्री हेरफेरको विषय पेचिलो बन्दै गएको छ ।

निकट स्रोतका अनुसार तिन शिर्ष नेताहरुबिच अहिले संघ प्रदेशको चुनावको गठबन्धन देखि कांग्रेससँगको सिट वाँडफाँड देखि नयाँ समाजवादी केन्द्र निर्माण सम्मका विषयमा छ लफल भइरहेको बुझिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्