सडक निर्माणमा खटिएका मजदुरको भीरबाट लडेर दुखद निधन



दार्चुला :

सडक निर्माणमा खटिएका मजदुरको भीरबाट लडेर मृत्यु भएको छ । नेपाली सेनाले निर्माण गरिरहेको दार्चुलाको मालगाउँ–टिंकर सडक निर्माणको काममा कार्यरत मजदुर
धामीको भीरबाट लडेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार नौगाड गाउँपालिका–४ सिप्टीका ४६ वर्षीय जयबहादुरको मालगाउँस्थित माकुरीघाट नजिक भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार प्रहरी टोली घटनास्थल पुगेर र शव उठाउने काम चलिरहेको छ।

त्यस्तै लमजुङमा गोठमा आगलागी हुँदा १२ वटा पशु चौपाय निकासिएर मरेका छन् । सोमबार बिहान बेँसीशहर नगरपालिका वाड ३ दनाई गाउँस्थित शिवलाल श्रेष्ठको धन्सार गोठमा अचानक आगोलागी हुँदा १२ वटा चौपाय मरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए ।

उनका अनुसार गोठको भित्रपट्टि खोरमा रहेका ६ वटा बाख्रा, २ वटा बोका, ३ वटा खसी र १ वटा माउँ बाख्रा आगोलागी हुँदा निसास्सिएर मरेका हुन । त्यस्तै, एउटा भैँसी घाईते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र स्थानीयहरुले आगो नियन्त्रणमा लिएका थिए । आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्