बिदाईमा बर्बरी रोएको विषयमा चौतर्फी आलोचना भएपछि झाँक्रीले भनिन् – आफूलाई सम्हाल्न सकिनँ, सबैसँग क्षमा चाहन्छु



काठमाडौं १४ असार :

निवर्तमान सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफुमाथि भएको आलोचनाको खण्डन गरेकी छन् ।

पार्टीले फिर्ता बोलाएपछि बिदाई कार्यक्रममा धरधरी रोएकी झाँक्रीलाई लिएर विभिन टिका टिप्पणी गरेपछि उनले सामाजिक सञ्जाल मार्फत आफूलाई सम्हाल्न नसेको भन्दै क्षमा मागेकी छन् ।

‘मैले त्यस बेला आफूलाई सम्हाल्न सकिनँ, सबैसँग क्षमा चाहन्छु ।’ उनले भनेकी छन् ।

मान्छेका केही लुकाउने नसक्ने कमजोरी हुने रहेछन् भनेकी उनले ट्विटरमा लेखेकी छन्, ‘जब मेरो मन्त्रालयका निमित्त सचिवले बिदाइ कार्यक्रममा मैले गरेका कामको फेहरिस्त सार्वजनिक गर्दै हुनुहुन्थ्यो, आफ्नोबारे आफ्नै अगाडि यसरी क्रेडिट दिँदा भावविव्हल बनेँ ।’

नेपाल एसबीआई बैंकले ३ अर्बको ऋणपत्रको बिक्री गर्दैनेपाल एसबीआई बैंक लिमिटेडले २२ असारदेखि तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्रको बिक्री खुला गर्ने भएको छ । बैंकले ३० लाख इकाइ ‘नेपाल एसबीआई बैंक ऋणपत्र २०८३’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।

बैंकले दीर्घकालीन स्रोत जुटाउनका लागि उक्त ऋणपत्र बिक्रीमा ल्याउन लागेको हो । पाँच वर्षअवधि रहने उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाउनेछन् ।

जारी हुने एक हजार रुपैयाँ अंकित मूल्यका ३० लाख इकाइ ऋणपत्रमध्ये एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख इकाइका लागि सर्वसाधारणहरूले आवेदन दिन सक्नेछन् । एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख इकाइ ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट संघ संस्थालाई बिक्री गर्नेछ ।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्रको निष्काशन छिटोमा २६ असारमा बन्द हुनेछ भने सो अवधिसम्ममा सबै बिक्री नभएको खण्डमा ४ साउनसम्म खुला रहनेछ ।

लगानीकर्ताले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा नेपालले बैंकलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए रेटिङ’ प्रदान गरेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्