पाँचौ बिहे पनि टिकेन भावनाको, फुर्वा मोक्तानको १ करोड ४५ लाख सम्पत्ति हडपेपछि जेलको बास



काठमाडौं :

पाँच जना पुरुषसँग विबाह गरेर डिर्भोस गरेकी भावना तामाङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

भक्तपुर जिल्ला अदालतले हनि ट्रयापको अभियोगमा प्रहरी हिरासतमा रहेकी भावना निर्दोष नदेखिएको भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले तामाङलाई पुर्पक्षका लागि थुनामै पठाउने आदेश दिएसँगै भावनाका अहिलेसम्म गोप्य रहेका रहस्यहरु बाहिर आएका छन् ।

भावनाका पछिल्ला अर्थात पाँचौ पति फुर्वा मोक्तानले भावना तामाङविरुद्ध १ करोड ४५ लाख रुपैयाँ बराबरको सम्पत्ति हडपेको भन्दै असार १० गते शुक्रबार भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर गरेसँगै उनले आँफुबाहेक अन्य चार युवासँग विवाह गरेको प्रमाणसमेत अदालतमा पेश गरेका थिए ।

फुर्वा मलेसियामा रहेका बेला भावनाले आँफुलाई अविबाहित भन्दै विश्वास दिलाएको, बिवाहको प्रलोभन देखाएर बिवाहको नाटकसमेत गरी आफूसँग करिब १ करोड ४५ लाख रुपैयाँ नगद लिएको र पछि सम्पर्कविच्छेद भएको भन्दै उनीविरुद्ध उजुरी दिएपछि थप रहस्यहरु खुल्दै गएका छन् ।

अदालतले अभियोगपत्र मिसिल संलग्न तथ्य र प्रमाणका आधारमा तत्कालप्राप्त प्रमाणबाट भावना निर्दोष नदेखिएको भन्दै उनलाई पुर्पक्षका लागि थुनामै पठाउन आदेश दिएको हो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्