केपी ओलीलाई ‘अपुतो’ जस्तो तुच्छ शब्द बोलेको आरोप लागेका कैलाली अध्यक्ष रतन थापा निष्काशित



धनगढी, १४ असार –

नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष रतन थापालाई पदमुक्त गरिएको छ । सोमबार बसेको एमालेको सुदूरपश्चिम प्रदेश बैठकले थापालाई कारवाहीस्वरुप अध्यक्ष पदबाट हटाएको हो ।

बैठकले जिल्ला कमिटीबाट आएको सिफारिसअनुसार थापालाई अध्यक्ष पदबाट हटाएर जिल्ला उपाध्यक्ष दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको एमाले प्रदेश कमिटी सचिव धर्मराज पाठकले बताए ।

२३ असारमा एमाले जिल्ला सचिवालयको बैठकले चुनावमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको, पार्टी कमिटीको बैठक नराखेकाे भन्दै कारवाहीका लागि प्रदेश कमिटीलाई सिफारिस गरेको थियो । सो निर्णय सदर गर्दै आगामी १५ साउनभित्र जिल्ला अध्यक्षका लागि निर्वाचन गर्न निर्देशन दिएको सचिव पाठकले बताए ।

थापामाथि दैनिक रुपमा पार्टी सञ्चालन नगरेको, अध्यक्ष ओलीलाई ‘अपुतो’ जस्तो तुच्छ शब्द बोलेको, जिल्ला निर्वाचन मूल परिचालन समितिको एउटा पनि बैठक नगरेको आरोप लागेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्