कुलदिपको कोठामा अनलाइन जुवा खेलिरहेका ११ जना समातिए,फरार कुलदीपको खोजी गर्दे प्रहरी



मकवानपुर, १४ असार :

हेटौंडा उपमहानगरपालिका–४ कमलडाडाँ डेरा गरी बस्ने कुलदिप पाठकको कोठामा अनलाइन जुवा खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–९ लामसुरे बस्ने २३ वर्षीय निसान आचार्य लगायत छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई अनलाइन जुवा खेल्न प्रयोग भएका बिभिन्न कम्पनीका १ सय ८ थान मोबाइल, ३ थान ल्याप्टप, ५ थान कम्युटर र नगद १ लाख ४५ हजार ७५ रुपैयाँ सहित पक्राउ गरेको हो । हाल फरार कुलदीप पाठकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सुनचाँदीको भाउ स्थिर :सुनचाँदीको भाउ मंगलबार स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँ कायम रहँदै भाउ स्थिर छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार २०० रुपैयाँ कायम छ ।

त्यस्तै मंगलबार चाँदीको भाउ पनि स्थिर छ । मंगलबार चाँदीको भाउ प्रतितोला एक हजार २५५ रुपैयाँ कायम छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्