आलिया र रणबीरलाई बधाई दिँदै राखीले आफूलाई काकी भनिन् , ट्रोलरहरुले भने–आलियाले तिमिलाई धेरै अघि अनफलो गरिसकेकी छिन्, केका काकी



एजेन्सी :

आलिया भट्टको पोष्ट लगत्तै सामाजिक सञ्जालमा बधाईका सन्देशहरू आउन थालेका छन् । फ्यानदेखि सेलिब्रेटीसम्म, सबैजना यस समयमा उत्साहमा रहेका छन् । यसैबीच राखी सावन्तको एउटा भिडियो पनि भाइरल भइरहेको छ । वास्तवमा उनले यो भिडियोमा आलियालाई बधाई दिएकी छिन् तर यही कारण उनी ट्रोलिङको सिकार भइन् ।

बिबादकी रानी मानिएकी राखीले आलिया र रणबीरलाई शुभकामना दिन सामाजिक सञ्जालमा एउटा भिडियो सेयर गरेकी थिइन्, जसमा राखीले जोडीलाई प्रेम पठाउँदै आफूलाई काकी भनेकी थिइन् । त्यसपछि मानिसहरूले उनलाई निशाना बनाउन थाले। भिडियोमा उनी आफ्ना प्रेमी आदिल खानसँग देखिएकी छिन् । राखीले भिडियोमा भनिन्, ‘आज म धेरै खुसी छु‘ हो, बधाई छ, आज म आन्टी बनेकी छु । आलिया म धेरै खुसी छु, नीतु जी तपाईं हजुरआमा बन्न लाग्नु भएको छ।

राखी सावन्तले लाइमलाइटमा आउन जे पनि गर्न सक्छिन् भन्ने मानिसहरूको भनाइ छ।एक व्यक्तिले ‘बेगानी शादीमा अब्दुल्लाह दिवाना।।।’ कमेन्ट गरेका छन् ।यसै क्रममा अर्का एक व्यक्तिले लेखेका छन्, ‘आन्टीलाई बिहेमा पनि बोलाइएको थिएन । यो कहिल्यै सुधार हुनेवाला छैन।अर्काले लेखेका छन्– ‘मान ना मान मे तेरी महमान’। एकजनाले लेखे– आलियाले तपाईलाई धेरै पहिले अनफलो गरिसकेकी छिन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्