२० देखि २५ बर्षका ११ जना युवाहरु यस्तो कार्य गर्दा गर्दै रंगेहात पक्राउ, प्रहरी पनि छक्क



हेटौंडा, १४ असार

मकवापनुर प्रहरीले अवैध तरिकाले अनलाइन जुवा खेल्ने खेलाउने ११ जनालाई हेटौंडाबाट पक्रेको छ । हेटौंडा–४ स्थित कमलडाँडामा कोठा भाडामा लिएर अनलाइन जुवा खेल्ने खेलाउने ११ जनालाई विभिन्न उपकरणसहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौंडा–९ लामसुरेका २३ वर्षीय निसान आचार्य, हेटौंडा–४, कमलडाँडाका २४ वर्षीय राजिव गौतम, हेटौंडा–११ का मधुकर बानियाँ, हेटौंडा–१४ चुरियामाईका २४ वर्षीय निमा थिङ, हेटौंडा–१२ पदमपोखरीका २३ वर्षीय विकास बल, मनहरी–४ मसिनेका २० वर्षीय जोसिल खत्री, गोरखा पालुङटार–७ का २२ वर्षीय डुलास तामाङ, २१ वर्षीय तिकमान तामाङ, २५ बर्षका अमोश तामाङ र बारा निजगढ–४ का २० वर्षीय अर्पण खड्का रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले ११० थान मोइबाल, ५ थान कम्प्यूटर डेस्कटप, ३ थान ल्यापटप, ४ थान ल्यापटप र एकलाख ४५ हजार ७५ हजार नगद समेत बरामद् गरेको छ ।

हेटौंडाको कमलडाँडास्थित रुक्मिणी न्यौपानेको घरको तेस्रो र चौथो तल्ला भाडामा लिएर सञ्चालन भएको सूर्यप्रसाद टेक्नोलोजी प्रालिमा पैसाको हारजीत हुने गरी अवैध रुपमा अनलाइन जुवा खेलेको खेलाएको पाइएकोले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । पक्राउ परेकाहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत कारबाही हुने कार्कीले बताए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्