भोलि सार्वजनिक बिदा दिने सरकारका निर्णय



सरकारले असार १५ गते धान दिवसका दिन सार्बजनिक बिदा दिने निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारले असार १५ का दिन सार्वजनिक बिदा दिएको हो ।

प्रदेश सरकारले कर्णालीमा १० जिल्ला भएपनि ९ जिल्लामा मात्रै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । जुम्लामा भने बिदा हुने छैन ।

धान दिवसको अवसर पारेर कर्णाली मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन असार १५ लाई धान दिवससंगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ ।

यस दिन खेतमा धान रोपाईंसंगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने र दही चिउरा खाने गरिन्छ । कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ ।

खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि असार १५ का दिन दही चिउरा खाई असार १५ मनाउँछन् । असार १५ लाई धान दिवसको रुपमा मनाउने गरेको सरकारले राष्ट्रिय रुपमै विभिन्न कार्यक्रम गरेर धान दिवस मनाउँने गरेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्