किन्ने होइन ? यस्तो छ आजको सुनचाँदी भाउ



काठमाडौं, १५ असार

सुनको भाउ बुधबार १०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन १०० रुपैयाँले वृद्धि भएर प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ३०० रुपैयाँ तोकिएको छ ।

त्यस्तै बुधबार चाँदीको भाउ १५ रुपैयाँले घटेको छ । बुधबार चाँदीको भाउ प्रतितोला एक हजार २४० रुपैयाँ कायम छ ।

यस्तो छ विदेशी मुद्राको विनिमय दर :नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको खरिद दर १२५.७४ पैसा र बिक्री दर १२६.३४ पैसा तोकेको छ ।

यसैगरी युरो १ को खरिद दर १३३.०८ पैसा र बिक्रीदर १३३.७१ रुपैयाँ तोकिएको छ । अष्ट्रेलियन डलर १ को खरिद दर ८७.३५ पैसा र बिक्री दर ८७.७७ पैसा छ ।

जापानी येन १० को ९.२४ पैसा र बिक्रीदर ९.२८ पैसा छ । यस्तै, चिनियाँ युआन १ को खरिद दर १८.८० पैसा र बिक्री दर १८.८९ पैसा छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्