सुरक्षा पन्तको ‘बुलाकी’कात्तिक १८ प्रदर्शनमा आउने



काठमाडौं, १५ असार :

कर्णाली भेगको जनजीवन, रीतिथिति तथा संस्कृतिक समेटिएको फिल्म ‘बुलाकी’ आगामी १८ कात्तिकमा प्रदर्शनमा आउने भएको छ । धान दिवसको अवसर पारेर निर्माण युनिटले फिल्मको रिलिज मिति सार्वजनिक गरेको हो ।

टोपेन्द्र विष्टको निर्माण र लक्ष्मण सुनारको रहेको फिल्ममा स्व। मोति विष्ट प्रस्तुतकर्ता छन् । डोल्पा, जाजरकोट र रुकुममा खिचिएको फिल्ममा सुरक्षा, नरेन्द्र खड्का, नवअभिनेता विराज विष्ट र प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री, उपासना वाइवा, सोनु सेढाइँ, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त परियारको अभिनय छ ।

छत्रेश्वरी मेनेजमेन्टको व्यानरमा सौगात कँडेल सहनिर्माता रहेको फिल्ममा शिव ढकालको छायांकन छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्