घरमा खाना बनाउँदै गरेकी २८ वर्षीया शुष्माको काल बनेर आयो चट्याङ



बागलुङ, १५ असार:

चट्याङ लागेर बागलुङको काठेखोला गाउँपालिका(४ मा एक महिलाको मृत्यु भएको छ । तंग्रामको फापरखेत घर भएकी २८ वर्षीया शुष्मा पुनको मंगलबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा खाना बनाइरहेको अवस्थामा चट्याङ लागेको र गम्भीर घाइते भएकी पुनलाई उपचारका लागि धौलागिरि अस्पताल बागलुङ पुर्‍याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

जिता नदीमा बाढी आएपछि २५ घर उच्च जोखिममा:अविरल वर्षासँगै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको जिता नदीमा आएको बाढीले दुई ठाउँमा बाँध कटान गरेपछि २५ घर बाढीको उच्च जोखिममा परेका छन् ।

तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ५ को बर्साइनको बर्साइन टोलस्थित खोलाले करिब ५ मिटर बाँध कटान गरेपछि सो क्षेत्रका बासिन्दा जोखिममा परेका हुन् ।

यसैगरी वडा नम्बर ७ मा गत वर्षाले भत्काएकै ठाउँमा जिता नदीको बाढीले पश्चिमी तटबन्ध भत्काएको छ । वडा नम्बर १ तिलाठीस्थित खाँडो खोलाको पश्चिमी बाँधमा कटान सुरु भएको स्थानीयले बताए ।

वडा नम्बर ७ र वडा नम्बर १ स्थित बाँधमा लागेको कटान नियन्त्रणको कार्य बुधबारबाटै सुरु गरिएको गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डलले बताए ।

बाँध भत्किएको ठाउँहरूको बुधबार बिहानै गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डल, वडा नम्बर ५ का वडाध्यक्ष ललनप्रसाद राउत, इन्जिनियर भास्कर प्रसाद सिंहसहितको टोलीले निरीक्षण गरी आवश्यक मर्मत सम्भारको व्यवस्थापन गर्न निर्देशन दिएको विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्