काठमाडौं १५ असार ।
काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले असार १५ र राष्ट्रिय धान दिवसको शुभकामना दिएका छन् ।
असार १५ र धान दिवसले सबैलाई किसान र कृषिप्रतिको जिम्मेवारी बोध गराउन सकोस् भन्दै मेयर साहले गुणस्तरीय मल, बिउबिजन तथा कृषिसाधनहरू सहज र सुलभ मूल्यमा पर्याप्त प्राप्त हुनtभनेर शुभकामना दिएका छन् ।
शुभकामना सन्देशमा साहले काठमाडौंमा उत्पादन हुने कुहिने फोहोरलाई मल बनाएर मलको हाहाकारलाई केही कम सकिने र यसका लागि महानगरपालिका क्रियाशील रहेको बताएका छन् ।
‘काठमाडौंमा बस्ती बस्नु, सम्पदाको सहर वा राजधानी बन्नुमा यहाँको उर्बरता र उब्जनीको ठुलो भूमिका छ । उर्बर माटोलाई खेती गर्न योग्य बनाउन माटोमा रगत र पसिना बगाउने किसानहरूको विशेष भुमिका छ ।
हो, अहिले हाम्रा प्राथमिकताहरू झाँगिदै जाँदा यहाँका किसानहरूका मुद्दा कमजोर हुँदै गएका होलान् वा कृषि नै सीमान्तकृत हुँदै गएको होला । तर, हामीलाई जे र जसले यहाँ ल्याइपुर्यायौ, उसैलाई बिर्सने भन्ने हुँदैन ।’ साहले भनेका छन् ।
कृषि क्षेत्र र अन्न उत्पादन गर्ने किसानप्रति आभारी र जिम्मेवार हुनै पर्ने बताएका उनले जैविक फोहोरबाट मल बनाउने महानगरको सफलता र असफलताले देशभर नै उल्लेख्य फरक पार्नेमा समेत आफु सचेत रहेको बताएका छन् ।