मन्त्री बिमला ओली के अब सुध्रिएलिन् ?



बुटवल । लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएकी हुन् ।

जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि त्यसबारे छानबिन गर्न सरकारले समिति समेत गठन गरेको थियो ।

लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीलाई सुशक्त कारवाही गर्न वाइसियलका नेता एकराज बस्नेतले माग गरेका छन् । राज्यमन्त्री वलीमाथि छानबिन गर्न गठित कार्यदलसमक्ष बस्नेत कारवाहीको माग गरेका हुन् ।

तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क स्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरेको बताइएको छ । मन्त्री वलीले हातपात गरेको खबर पाएपछि स्थानीयले बस्नेतको घरमा उनलाई थुनेर राखेका थिए ।

घटनापछि मीनाले आफ्नो जेठाजुलाई खबर गरेकी थिइन् । जेठाजुले प्रहरी बोलाएका थिए । जिप्रका तुल्सीपुरको प्रहरी आएर एकराजको कोठाबाट बिमलालाई नियन्त्रणमा लिएको थियो । घटना हुँदा एकराज घरमा थिएनन् ।

एकराज र मीनाका एक छोरा र एक छोरी छन् । बिमलाका पनि दुई छोरा छन् । गत वर्ष भदौमा विमलाले आफ्नो फेसबुक स्टोरीमा एकराजलाई चुम्बन गरेको फोटो हालेकी थिइन् ।

पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ ९ख० मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् । फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेकी थिइन् । त्यसपछि माओवादीले उनलाई राज्यमन्त्री बनाएको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्