राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् – ‘मैले राजीनामा दिएकै छैन’



लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला ओलीले राजीनामा गरेको प्रदेश सरकारले बताइरहँदा उनले भने अझै राजीनामा दिइ नसकेको बताएकी छिन् । अरुको घरभित्र प्रवेश गरी अर्की महिला र उनको नाबालिग छोरीलाई कुटपिट गरेको आरोपमा राज्यमन्त्री ओलीलाई पदबाट राजीनामा दिन दबाब रहँदै आएको थियो ।

‘उहाँले राजीनामा दिइसक्नु भएको छ, मैले उहाँको राजीनामा स्वीकृत गरिसके’, बुधबार विमलाको राजीनामाबारे संसद्लाई मुख्यमन्त्री कुलप्रसाद केसीले जानकारी गराएका थिए । यो समाचार आजको नागरिकदैनिकमा प्रकाशित छ । तर विमलाले आफूले राजीनामा नदिने र सरकार आफैँले कारवाही गरेर पदमुक्त गर्न भनेकी छिन् ।

युरोपमा नेटो सेनालाई सुदृढीकरण गर्ने बाइडेनको घोषणा :अमेरिकी राष्ट्रपति जो बाइडेनले युरोपमा नेटो सेनालाई सुदृढीकरण गर्ने घोषणा गरेका छन् । नेटो सैन्य गठबन्धनलाई पहिलेको भन्दा आज बढी आवश्यक भएको पनि उनले बताएका छन् ।

म्याड्रिडमा आयोजना भइरहेको ट्रान्सएट्लान्टिक गठबन्धनको शिखर सम्मेलनमा उनले भने, ‘नेटोलाई प्रत्येक क्षेत्र – जमिन, वायु र समुद्रमा सबै दिशामा बलियो बनाइनेछ । ’

स्पेनमा अमेरिकी नौसैनिक डेस्ट्रोअरलाई चार बाट ६ पु¥याउने उनले बताएका छन् । त्यस्तै, पाँचौँं आर्मी कोरको स्थायी मुख्यालय पोल्याण्डमा खोल्ने र रोमानियामा ‘एडिसनल रोटसेनल ब्रिगेड’ स्थापना गर्ने उनले जानकारी दिए । अमेरिकाले जर्मनी र इटालीमा अतिरिक्त वायु रक्षा र अन्य क्षमता विस्तार गर्ने भएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्