नक्कली पीडित खडा गरेर धरौटी रकम फिर्ता लाँदै म्यानपावर



वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका युवाको आर्थिक प्रतिरक्षाका लागि म्यानपावरले राखेको धरौटी रकम म्यानपावरले नै नक्कली पीडित खडा गरेर फिर्ता लैजाने गरेको पाइएको छ। खारेजीमा परेका म्यानपावर कम्पनीले नक्कली पीडित खडा गरेर वैदेशिक रोजगार विभागमा राखेको धरौटी रकम फिर्ता लैजाने विकृति बढेपछि विभागले म्यानपावरका नाम आएका नक्कली उजुरीउपर निगरानी बढाएको छ।आजको कारोबार दैनिकमा समाचार छ ।

सक्कली पीडितको आर्थिक क्षतिपूर्तिको रक्षाका लागि नक्कली पीडितले धरौटी रकम शून्य बनाउने देखिएपछि यस सम्बन्धमा विभागले निगरानी बढाएको हो । वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले म्यानपावर कम्पनीले कारोबार बन्द गरेको ३ वर्षसम्म राखेको धरौटी फिर्ता लैजान नपाउने कानुनी प्रावधान रहेका कारण ठुलो रकम लामो समयसम्म धरौटीका रूपमा रहँदा व्याजको प्रलोभनमा नक्कली पीडित खडा गरेर फिर्ता लैजान कानुनी छिद्र प्रयोग गरेको बताए।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्