२० वर्षीया छात्राले शौचालयमा छोरा जन्माइन्, भन्छिन : ‘गर्भवती भएको पत्तो नै पाइन’



विद्यार्थीले आफू नाइट आउटमा जानु अघिल्लो रात शौचालय गएका बेला बच्चा जन्माउँदा ‘सपनामा छु कि विपनामा’ भन्ने सोचेकी थिइन् । जेस डेभिस अचानक सुत्केरी भएको भोलिपल्ट २० वर्ष पुगिन् । उनलाई आफू गर्भवती भएको पत्तै भएन ।

अनियमित महिनावारी हुने भएकोले आफूलाई पेट दुखेको होला भन्ने सोचिन् । ब्रिस्टोलकी इतिहास र राजनीतिकी विद्यार्थी उनीमा गर्भावस्थाको कुनै पनि लक्षण देखिएको थिएन न नै उनका पेट पुटुक्क बाहिर निस्किए ।

इन्डिपेन्डेन्टका अनुसार डेभिसले आफ्नो छोरा फ्रेडी ओलिभर डेभिसलाई जुन ११ तारिखमा स्थानीय समयानुसार पौने पाँच बजे जन्माएकी हुन् । उनी जन्मिँदा २ किलो ४ ग्रामका थिए । छोराको जन्मपछि आमाको कर्तव्यमा उनले आफूले आफैँलाई क्रमशः ढाल्दैछिन् । यी नयाँ आमा, युनिभर्सिटी अफ साउथ्याम्पटनको दोस्रो वर्षमा अध्ययनरत छिन् । उनले भनिन्, ‘मेरो महिनावारी सधैँ नै अनियमित हुने गर्दथ्यो । त्यसैले मैले यसलाई खासै वास्ता गरिनँ ।’

उनी थप्छिन्, ‘कहिलेकाँही रिँगटा लागेको जस्तो हुन्थ्यो । तर त्यति नै बेला मैले नयाँ प्रेस्क्रिप्सनमा औषधी सेवन गर्न थालेकी थिएँ, त्यसैले औषधीका कारण त्यस्तो भएको होला भन्ने सोचेँ ।’ ‘ऊ जन्मिनु मेरो जीवनको सबैभन्दा ठूलो झट्का हो । सुरुमा त सपना देखिएको छु कि जस्तो पनि लागेको थियो,’ उनले भनिन् ।

‘ऊ नरोएसम्म खासमा के भइरहेको छ भन्ने पनि भेउ पाउन सकिरहेको थिइनँ ।’ ‘अब म परिपक्व हुनुपर्छ है भन्ने कुरा तत्काल मेरो दिमागमा आयो । सुरुवाती झट्काबाट बाहिर निस्कन र छोरासँगको बन्डिङका लागि मलाई केही समय त लाग्यो तर अहिले म असाध्यै खुसी छु ।’ ‘ऊ असाध्यै ‘चिल्ड’ बेबी हो । वार्डभरी ऊ सबैभन्दा ज्ञानी बच्चाको रुपमा चिनियो ।’

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्