सुत्केरी अवस्थामै श्रीमतीलाई ज बर्जस्ती क रणी



अभियोगपत्रमा महिलाले आफूलाई चरम हिं साजन्य व्यवहार गरी ससुरा, सासु र पतिले १८ दिनको सुत्केरी अवस्थामा घर निकाला गरेको बताएकी छन् । उनले बच्चा ५ महिनाको भएपछि घर निकालाबारे छलफल चलाउँदा डेरा गरी राख्न मञ्जुर भएको उल्लेख गरेकी छन् ।

यद्यपि घटनास्थल विराटनगर–३ ढाट पूर्वमा राखे पनि आफूलाई बन्दीसरह बनाई मोबाइल खोसी घरकोठा बन्द गराई घरबाट निक्लन समेत नदिइ कु टपि ट गर्दै राख्ने गरेको र सोही क्रममा आफूलाई ज बर्ज स्ती क रणी गरेको उनले बताएकी छन् ।

‘मेरो अप्रेशनद्वारा बच्चाको जन्म भएको हुँदा म क रणी योग्य भएको थिइनँ । यस्तो अवस्थामा पनि ज बर्ज स्ती क रणी गर्ने गर्नुहुन्थ्यो र मलाई अप्राकृतिक मै थुन समेत गर्ने गर्नुभएको थियो,’ जाहेरीको व्यहोरामा उल्लेख छ, ‘यस्तैमा विपक्षीले बैशाख १८ गते राति अन्दाजी २३ः३० बजे मलाई आफ्नो घर कोठामा समाती कु टपि ट गर्दै ज बर्ज स्ती लडाई पटक–पटक क रणी गर्नुभयो । सो घटनाबाट मेरो शरीर, टाउको तथा स्तनमा समेत चोट लाग्न पुगेको छ ।’

मोरङ जिल्ला अदालतले वैवाहिक ज बर्ज स्ती क रणी मुद्दामा आरोपित श्रीमानलाई ३ लाख नगद धरौटी राखी तारेखमा थुनामुक्त गर्न आदेश दिएको छ । नोबेल अस्पतालमा कार्यरत एक डाक्टरविरुद्ध उनकै श्रीमतीले जिल्ला अदालतमा ज बर्ज स्ती क रणीको मुद्दा दर्ता गराएकी थिइन् । सोही मुद्दामा मोरङ जिल्ला अदालतका न्यायाधीश रोशनकुमार भट्टराईको इजलासले आरोपित श्रीमानलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार धरौटीमा छाड्न आदेश दिएको हो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्