टिकटकमा एकाएक भाइरल बनेकी धराने सुन्दरी सानया लिम्बु



काठमाडौं :

सामाजिक सञ्जाल अहिले धेरै युवायुवतीका लागि अपरिहार्य साधन भएको छ । समय विताउन सामाजिक सञ्जाल एउटा सजिलो माध्यम भएको छ । कतिपय युवायुवती एकाएक चर्चित हुने गरेका छन् ।

धरानकी एक जना सुन्दर युवती । सामाजिक सञ्जालमा उनको फिगरको निकै चर्चा छ । उनी सामाजिक सञ्जालमा निकै सकृय छन् । सामाजिक सञ्जालले उनलाई निकै चर्चित बनायो । उनको फिगरले धेरैलाई लोभ्याएको छ ।

सामाजिक सञ्जालमा सकारात्मक भन्दा बढी नकारात्मक टिप्पणी आउने गरेको भन्दै उनले आलोचना गर्नेहरुलाई आफुले कुनै वास्ता नगर्ने बताउँछिन् । उनी राम्रो कलाकार बन्न चाहन्छिन् ।

मलाई धेरैले फर्म लगाएको हो भन्छन्, मेरो नेचुरल फिगरलाई फर्म लगाएको हो भन्दा चित्त दुख्छ नी उनले भनिन् । कसैले तिम्रो परिवारमा बुवा आमा छैनन् किन यस्तो भिडियो हाल्छौ ? भनेर पनि लेख्छन् उनले अगाडी भनिन् मलाई यस्ता कुराले केही फरक पार्दैन ।

सामाजिक सञ्जालमा लिम्बुनी बुढी भनेर धेरैले चिन्छन् । तर उनको वास्तविक नाम भने सानया लिम्बु हो । सामाजिक सञ्जालमा उनका निधै धेरै फलोअर्स छन् । उनी टिकटकमा निके भाइरल छन् । जहाँ उनले डान्स र अभिनयाका भिडियो साझा गरिरहन्छिन् ।

उनको वास्तविक घर पाँचथरमा भएपनि १० वर्ष देखि धरानमा बस्दै आएकी छन् । उनले लिम्बुनी बुढीको नाममा सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्ने गरेकी छन् ।

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्